घोत्लिन्छु
अनि खोज्छु अर्थहरु
जीवनका
भोगाईहरुका
सम्बन्धहरुका
प्रश्नहरु धेरै छन्
तर उत्तर पाउने कुनै रहर छैन्
म प्रश्नले त्रशित हु या उत्तर देखि भयवित?
के हुन यी चित्रहरु
विगत हुन कि भविष्य या हुन वर्तमान का स्वेर कल्पना
तिमी छ्यौ नि त्यहा त्यो चित्रमा या मेरो मानसपटलमा?
तर तिमि छैनौ पनि
कतै विलिन छौ
यो दुनियामा
भिडमा
आफ्नै संसारमा
कि कल्पनामा?
उऽऽऽ
पर
क्षितिजमा हेर त
त्यो डाडामाथि
कालो आकाशमा
चम्किरहेका ताराहरुविचमा
त्यो धुवाजस्तो उडिरहेको
के हुन ती
के ती सपनाहरु हुन
हामीले उनेका बुनेका गुनेका
के ती आजाद भए
या हुन मेरा भ्रमहरु
जो आकाशमा विलिन भई मेरा जिज्ञाशा निवारण गरी गए
के हुन यी
भुईमा
छरपष्ट छन् त
प्रश्नहरु?
Dami Cha kabi ji